१३ करार कर्मचारीको म्याद थप नगर्ने बैतडी पाटन नगरपालिकाको निर्णय

बैतडी : बैतडीको पाटन नगरपालिकाले १३ करारका कर्मचारीको म्याद थप नगर्ने निर्णय गरेको छ । असोज १० गतेबाट निरन्तर तीन दिन बसेको नगर कार्यपालिकाको बैठकले दरबन्दी बाहेक र कार्यसम्पादन नराम्रो भएका कर्मचारीहरुको करार म्याद थप नगर्ने निर्णय गरेको हो ।

जसमा प्राविधिक शाखामा कार्यरत इन्जिनियर गोविन्द प्रसाद पन्‍त, सवइन्जिनियर दिनेश कुमार ऐर, सावरी चालक दिनेस चन्द, र कार्यालय सहयोगी पुष्पराज गिरी रहेकाछन् ।

dashain shuvakamana
Discovery School

यस्तै वडातर्फ काम गर्ने पाटन नगरपालिका-४ मा कार्यरत सामाजिक परिचालक जन्तरी बिस्ट, वडा नम्बर ६ मा कार्यरत यज्ञराज पन्त, वडा नम्बर १० मा कार्यरत विमला कुवँर रहेको छन् । भने ७  नम्बरमा कार्यरत कार्यालय सहायक हरिकुमार विक,  सामाजीक परिचालक रामदत्त भट्ट र पशु प्रविधिक महेश कुमार चन्दको म्याद कार्तिकबाट थप नगर्ने निर्णय भएको नगरपालिका स्रोतले बताएको छ ।

स्थानीय तहको कुनै ऐन, नियम तथा कार्यविधिमा सामाजीक परिचालक भन्ने पद नै छैन् । दरबन्दी बाहेकका कर्मचारीमा उनीहरु परेका छन् । भने दरबन्दी भन्दा बढी अनमीमा तीन जना परेका छन् । उनीहरुको पनी म्याद थप नगरेको स्रोतले बताएको छ ।

वडा नम्बर १० स्वास्थ्य चौकीमा कार्यरत इश्वरी जोशी पन्त, वडा नम्बर ५ को स्वास्थ्य चौकीमा कार्यरत शान्ती कठायत बोहरा, वडा नम्बर ३ मा कार्यरत लक्ष्मी लुहार दरबन्दी भन्दा बढी भएकाले म्याद थप नगर्ने निणर्य नगरपालिका स्रोतले बताएको छ ।  कार्यपालिकाले बार्षीक बजेट निमार्णको अन्तीम चरणमा पुगेको जनाएको छ ।

बजेट बाँडफाँडका बिषयमा सहमती भइसकेको प्रमुख प्रशासकिय अधिकृत अमरराज जोशीले बताए । उनले करारका कर्मचारीको म्याद थप नगर्ने बिषयमा पछि कुरा गर्ने बताए ।

कर्मचारीको म्याद थप नगर्ने बिषयमा पछि कुरा गराैला उनले भने, ‘बजेट असार १० मै आएको रहेछ बाडँफाँड गर्ने सहमती भा छ अरु ठाउँमा पनि त्यसै छ नगर सभा नराख्ने भन्ने भएको तर पनि नगर प्रमुख ज्यूसंग कुरा गर्नु राम्रो होला। ’

पाटन नगरपालिकाको कार्यपालिकाले गरेका निर्णय नगर सभाले अनुमोदन गर्नुपर्ने हुन्छ । पाटनमा असार १० पछि नगर सभा बसेको छैन् । वडालाई २५ लाखको बजेट सिलीङ दिइएको छ । वडाले बजेट अब ल्याउने जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार