कैलालीबाट फरार रहेका ५ जना पक्राउ

धनगढी : कैलालीबाट ५ जना फरार प्रतिवादी पक्राउ परेका छन । आइतबार प्रहरीले जिल्ला अदालत कैलालीको बिभिन्न मितिमा कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका ५ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा लागू औषध मुद्दामा २५ दिन कैद सजाय तोकिएका धनगढी उपमहानगरपालिका – २ सन्तोषी टोल का २८ वर्षीय यज्ञ बहादुर ओली, २४ वर्षीय सुरेश बहादुर ओली रहेका छन् ।

dashain shuvakamana
Discovery School

यस्तै चोरी मुद्दामा १ महिना ३ दिन कैद सजाय र ३० हजार जरिवाना तोकिएका घोडाघोडी नगरपालिका-१० पहलमानपुर का २२ वर्षीय लोकेन्द्र बम र चेक अनादर मुद्दामा १ हजार जरिवाना तोकिएका धनगढी उपमहानगरपालिका-१ पुष्पलाल चोकका ४८ वर्षीय ज्ञानेन्द्र गुप्ता र ४६ वर्षीया छाया गुप्ता रहेका छन ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार