कञ्चनपुरबाट मध्यरातमा ६ जुवाडे पक्राउ

कञ्चनपुर : कञ्चनपुरबाट मध्यरातमा ६ जुवाडे पक्राउ परेका छन् । गयराती १२ बजे दोधरा चाँदनी नगरपालिका ६ संगम टोल स्थित धने गुरुङको खाली घरमा जुवातास खेलिरहेको अवस्थामा ६जना पक्राउ परेका हुन ।

पक्राउ पर्नेमा दोधरा चाँदनी नगरपालिका  ४ का ४९ वर्षीय मोहन बहादुर सिंह सहित ६ जना रहेका छन् । प्रहरीले अन्यको नाम   खुलाएको छैन ।

dashain shuvakamana
Discovery School

प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दोधरा चाँदनीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उनीहरूको साथबाट २२ हजार १३० रुपैयाँ, २ वटा मोबाइल र १ गड्डी तास बरामद गरिएको 
 जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार