सोमबार दुईवटा संसदीय समितिको बैठक बस्दै !

काठमाडौं : दुईवटा संसदीय समितिको बैठक सोमबार बस्दैछ । जसअनुसार दिउँसो १ बजे संसदीय सुनुवाइ समिति (संयुक्त) बैठक बस्न लागेको हो । 

समितिको बैठकमा नेपालको प्रधानन्यायाधीश र प्रस्तावित राजदूतका सम्बन्धमा प्राप्त उजुरी तथा सूचनाहरू खोली वितरण र छलफल गरिने तथा प्रधानन्यायाधीश र प्रस्तावित राजदूतहरूले पेश गरेको कार्ययोजना समितिका सदस्यहरूलाई वितरण गर्ने र प्रधानन्यायाधीश र प्रस्तावित राजदूतको संसदीय सुनुवाइ प्रक्रिया अगाडि बढाउन संसदीय सुनुवाइ समितिको कार्यविधि, २०८० को दफा १५ बमोजिम कार्यतालिका तयार गरिने छ । 

dashain shuvakamana
Discovery School

साथै सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशको सुनुवाइ प्रारम्भ गरिने विषयमा छलफल हुनेछ । त्यस्तै, दिउँसो ३ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा मिडिया काउन्सिल विधेयक, २०८१ माथि दफावार छलफल हुनेछ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार