बिएससी सीएसआईटी संकायद्वारा ‘केएमसी कप २०८१’ सम्पन्न

धनगढी । कैलाली बहुमुखी क्याम्पसमा दशैँ तिहार विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न गरिएको छ । बिएससी सीएस आइटी संकायले दशैँ तिहारलाई लक्षित गर्दै असोज ८ गतेबाट सुरु गरेको केएमसी कप सांस्कृतिक कार्यक्रमसहित आइतबार सम्पन्न गरिएको हो ।

केएमसी कपको अन्तिम दिन प्रतियोगितामा भाग लिएर विजेता र उपविजेता भएका विद्यार्थीलाई पुरस्कार वितरण गरिएको कार्यक्रमा संयोजक कमल कुमार एडीले जानकारी दिएका छन् ।

dashain shuvakamana
Discovery School

एडीका अनुसार केएमसी कपको विजेता बिएसडब्लुलाई नगद १५ हजार रुपैयाँ, मेडल र ट्रफि, उप–विजेता वन विज्ञान टोलीले नगद ८ हजार सँगै मेडल, ट्रफी र प्रमाणपत्र वितरण गरिएको छ । आइतबार बिएस्सी सिएसआइटी संकायले क्याम्पसको सेमिनार हलमा गरेको पुरस्कार वितरण कार्यक्रममा नृत्य, गायन र दशैँतिहार, छठ पर्वको शुभकामना आदान–प्रदान समेत गरिएको कार्यक्रमका संयोजक ऐडीले बताएका छन् ।

कैलाली बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख लोकबहादुर बिष्टको प्रमुख आथित्यता रहेको उक्त कार्यक्रममा अन्य प्राध्यापक, स्ववियूका पदाधिकारीसँगै विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार