झ्याप्लेखोलाको पहिरोमा आमासँगै अस्ताए जुम्ल्याहा दिपेश र दीपिका

काठमाडाैं : स्याङजाको गल्याङ नगरपालिका- ३ का दिपेश भट्टराई र दीपिका भट्टराई जुम्ल्याहा दाजु-बहिनी हुन् ।

बुटवलको कालिका मानवज्ञान माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत उनीहरू नेपाल एस्ट्रोनोमिकल सोसाइटीको आयोजनमा भएको नेसनल एस्ट्रोनोमी ओलम्पियार २०२४ मा भाग लिएका थिए । पहिलो चरणमा छनोट भएर दोस्रो चरणको लागि बंगलादेश पुग्नुपर्ने थियो ।

त्यसकै लागि उनी शुक्रबार काठमाडौं आउँदै थिए । तर, बुटवलबाट काठमाडौंका लागि छुटेको लु १ ज ४५७८ नम्बरको माइक्रो (विङ्गर) मा टिकट काटेर चढेका उनीहरू काठमाडौं पुगेनन् । धादिङको झ्याप्ले खोलाको पहिरोमा पुरिएर उनीहरूसहित आमा सीता भट्टराईले पनि ज्यान गुमाएकी छन् ।

उनीहरू चढेकाे गाडीका चालकसहित १४ जनाले सोही पहिरोमा परी ज्यान गुमाएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार