धनगढी : बाजुराको पूर्वी उत्तरी भेगमा पर्ने स्वामिकार्तिक खापर गाउँपालिका– २ मुक्तिकोटमा कृषि प्रवर्द्धन भवन निर्माणका लागि शुक्रवार त्रिपक्षीय सम्झौता भएको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय,भारतीय राजदूतावास र स्वामिकार्तिक खापर गाउँपालिका बिच भवन निर्माण कार्यका लागि सम्झौता भएको गाउँपालिकाका अध्यक्ष भरतबहादुर रोकायाले बताएका छन् ।
उनले दिएको जानकारी अनुसार मुक्तिकोटमा खाद्य र नुन विक्री गर्ने र स्थानीय उत्पादन बेच्ने गरी भारतीय राजदूतावासको पाँच करोडको लगानीमा भवन निर्माण गर्न लागिएको बताए । १५ महिनाभित्र निर्माण कार्य सक्ने गरी त्रिपक्षीय सम्झौता भएको गाउँपालिकाका अध्यक्ष रोकायाले बताएका छन् ।
पालिकामा परियोजना सञ्चालन गर्नका लागि सहयोग गर्ने भारतीय दूतावासका इन्जिनियर आशिस सिन्हा, पूर्व राज्यमन्त्री जनकराज गिरी, इन्जिनियर शिव भट्टराई, सूर्य पाण्डे लगायतलाई अध्यक्ष रोकायाले धन्यवाद दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्