पहिरोमा पुरिएर नेपाली सेनाका कर्णेलको मृत्यु

काठमाडौँ : पहिरोमा पुरिएर नेपाली सेनाका एक लेफ्टिनेन्ट कर्णेल (प्रमुख सेनानी)को मृत्यु भएको छ ।

नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी गौरव केसीका अनुसार मृत्यु हुनेमा सैनिक प्रतिष्ठान खरिपाटीमा कार्यरत कर्णेल मिलन केसी रहेका छन् ।

dashain shuvakamana
Discovery School

उनी आफ्ना कोरियन साथीहरुसँग घुम्न सिन्धुलाल्चोक पुगेका थिए । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका-४ बिमरेनी जंगल नजिकको सिन्धु बिच रिसोर्टमा बसेका थिए ।

पहिरो आएर साथीहरू पुरिएपछि उद्धार गर्न भनेर गएका उनी पनि पहिरोमा पुरिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका एसपी सन्तोष खड्काले बताए ।

कर्णेल केसीको घर दोलखा हो । कोरियन नागरिकको अवस्था भने अहिलेसम्म पत्ता नलागेको एसपी खड्काले बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार