पहिरोका कारण एम्बुलेन्स बीच बाटोमै रोकियो, बाटोमै दुई बिरामीको मृत्यु

काठमाडौं : पहिरोका कारण एम्बुलेन्स बीच बाटोमै रोकिंदा बाटोमै दुई बिरामीको मृत्यु भएको छ।

सिन्धुलीका एसपी गोविन्दराज काफ्लेका अनुसार मृत्यु हुनेहरुमा सिन्धुलीको कमलामाई नगरपालिका-४ घरभ भएकी ९४ वर्षीया टीकाकुमारी भुजेल र महोत्तरीको बर्दिवास नगरपालिका-८ का ४५ वर्षीय मानबहादुर सिंजाली रहेका छन्। 

उनका अनुसार उनीहरू शुक्रबारदेखि नै सिन्धुलीको सुनकोशी गाउँपालिका-१ दुम्जास्थित टुपी डाँडा भन्ने ठाउँमा एम्बुलेन्स अड्किएका थिए।

मृत्यु हुने बिरामीमध्ये सिंजाली मिर्गौलाको बिरामी रहेको पाइएको एसपी काफ्लेले बताए। भुजेललाई बा२१च ७५२३ नम्बरको र सिंजालीलाई ज१च १७०८ नम्बरको एम्बुलेन्समार्फत उपचारका लागि काठमाडौं ल्याइँदै थियो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार