काठमाडौँ : एनसेलले ठुलो वर्षापछि आएको बाढी र पहिरो प्रभावित क्षेत्रमा निःशुल्क डाटा उपलब्ध गराइरहेको छ । प्रभावित क्षेत्रमा हिजोदेखि नै निःशुल्क डाटा उपलब्ध गराएको एनसेलले जनाएको छ ।
विपद्को समयमा आफ्नो परिवार तथा आफन्तजनसँग सम्पर्कमा रहिरहन सहज होस् भनेर निःशुल्क डाटा उपलब्ध गराएको विज्ञप्तिमा उल्लेख छ ।
निःशुल्क डाटा उपलब्ध गराउनुका साथै अहिलेको अवस्थाको मूल्याङ्कन गरिरहेको र क्षतिको विस्तृत जानकारी प्राप्त भएपछि राहतका कार्यमा थप योगदान गर्ने एनसेलले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्