बाढी र पहिरोमा फसेका जनताको उद्धार गर्न सरकार उदासीन भएको आरोप लगाउँदै : प्रचण्ड

काठमाडौँ : प्रमुख प्रतिपक्षि दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारी वर्षापछि आएको बाढी र पहिरोमा फसेका जनताका उद्धार गर्न सरकार उदासीन भएको आरोप लगाएका छन् ।

आइतबार एक विज्ञप्ति जारी गर्दै प्रचण्डले भारी वर्षाको पूर्वानुमान हुँदाहुँदै पनि सम्भावित जोखिम पहिचान गरेर क्षति न्यूनीकरणका लागि सरकारले तत्काल पहलकदमी लिन नसकेकोप्रति दुःख व्यक्त गरेका छन् । राजधानीमै उद्धारका लागि लामो समय प्रतीक्षा गर्दागर्दै बाढीमा बग्नुपर्ने पीडादायी अवस्था देखिनु जनताप्रति सरकारको चरम उदासीनता पुष्टि भएको विज्ञप्तिमा उल्लेख छ ।

dashain shuvakamana
Discovery School

ठुलो सङ्ख्यामा नागरिक बेपत्ता भएकाले उनीहरूको खोजी गर्नु, घाइतेहरूको उपचार गर्नु, घरबारविहीन भएकाहरूलाई सुरक्षित गर्दै पुनर्स्थापनाको काम सुरु गर्नु पहिलो कर्तव्य हुनेभन्दै तत्काल बेपत्ता नागरिकको खोजी, घाइतेहरूको निःशुल्क उपचार र विस्थापितहरूलाई पुनर्स्थापनाका लागि सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।

बेपत्ता नागरिकको खोजी, बिस्थापितहरुको पुनर्स्थापना, क्षतिग्रस्त संरचनाको पुनर्निर्माण लगायतका कार्यमा निरन्तर लाग्न नेता तथा कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् ।

461561972_1053367582820304_5392867218751187764_n

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार