दसैं, तिहार र छठका लागि राष्ट्र बैंकले सुकिला नोट सटही सुविधा दिने

धनगढी : यस वर्षको दसैं, तिहार र छठका लागि आजदेखि राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाले सर्वसाधरणलाई सुकिला नोट सटही सुविधा दिने भएका छन्।

नेपाल राष्ट्र बैंकले नोट सटहीसम्बन्धी सूचना जारी गर्दै आगामी असोज १३ देखि २२ सम्म सुकिला नोट साट्न सकिने सूचना यसअघि नै जारी गरिसकेको छ।

Seti Hospital

राष्ट्र बैंकको केन्द्रीय कार्यालय, धनगढीसहित सातैवटै प्रादेशिक कार्यालयसहित सबै बैंक तथा वित्तीय संस्थाबाट सुकिला नोट सटही सुविधा दिने तयारी भइरहेको नेपाल राष्ट्र बैंकका सहप्रवक्ता डिल्लीराम पोखरेलले बताए।

सबै दरका एकरएक थान गरी प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँका दरले नोट सहटी गर्ने तयारी राष्ट्र बैंकले गरेको छ। नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग र बैकिङ विभागबाट नोट सटही गर्न सकिनेछ।

राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढीबाट पनि नोट सटहीको सुविधा लिन सकिने जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार