दशैँ नजिकिएसँगै जुवातास खेल्नेको सङ्ख्या बढ्दै, धनगढी र अत्तरीयाबाट २१ जना पक्राउ

धनगढी : दशैँ नजिकिएसँगै जुवातास खेल्नेको सङ्ख्या बढ्दै गएको छ। शनिवार कैलालीबाट मात्र २१ जना जुवाखालबाट पक्राउ परेका छन्। पक्राउ परेका २१ जनामा १२  जना एकै गाउँका अर्थात धनगढी उप महानगरपालिका–७ नम्बर वडाका रहेका छन्।

धनगढी उप महानगरपालिका–७ भानु चोक स्थित बिष्णु चौधरीको दुई तले घरको कोठामा जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ परेका छन्। उनीहरुको साथबाट नगद ३३ हजार ७५० रुपैँया र एक गड्डी तास बरामद गरिएको छ।

SHIKHAR COOL TECH

पक्राउ पर्नेमा धनगढी उप–महानगरपालिका–७ का रामसिंह चौधरी, सुन्दर चौधरी, उमेश चौधरी, प्रकाश चौधरी, बश्सराम चौधरी र पुरन चौधरी रहेका छन्। यस्तै धनगढी–७ कै अमर चौधरी, बिनोश चौधरी, आशाराम चौधरी, लक्ष्मण चौधरी,सिवन चौधरी र लालबहादुर चौधरी रहेका छन्।

शनिवार गोदावरीमा पनि जुवाखालबाट ९  जना जुवाडे नगदसहित पक्राउ परेका छन्। गोदावरी नगरपालिका–१ स्थित विजयनगरमा केशरसिंह गुरुङको घरमा जुवातास खेलिरहेका ९ जना आज दिउँसो पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा गोदावरी नगरपालिका–१ का ६६ वर्षीय घरधनी गुरुङ, ४२ वर्षीय निरज शाह, ४१ वर्षीय खगेन्द्र योगी, गोदावरी–२ का ४० वर्षीय बुद्धी सापकोटा, ३७ वर्षीय नरेश रोकाया, ६३ वर्षीय मिनप्रसाद सिरिस, ४० वर्षीय मानबहादुर ऐरी, वडा नम्बर ४ का ५४ वर्षीय धिर्कबहादुर बम र ४० वर्षीय विजय चौधरी रहेका छन्।

उनीहरुको साथबाट ३१ हजार तीन सय ७० रुपैयाँ नगद समेत बरामद गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ। पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार