धनगढीमा पत्रकारको फुटसल प्रतियोगिता हुँदै

धनगढी । धनगढीमा मिडिया कप फुटसल प्रतियोगिता हुने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च कैलालीको आयोजनामा असोज १६ र १७ गते मिडिया फुटसल प्रतियोगिता हुने भएको हो ।

उक्त प्रतियोगिताका लागि खेलकुद पत्रकार मञ्च कैलालीले विज्ञप्ती नै जारी गरेर सहभागिताका लागि अनुरोध गरेको छ ।

dashain shuvakamana
Discovery School

प्रतियोगिताको विजेतालाई २५ हजार रुपैयाँ नगद पुरस्कार, मेडलर र प्रमाणपत्र र उप विजेताका लागी १५ हजार नगद सहित मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

यस्तै प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट गोरक्षक र सार्वधिक गोलकर्तालाई समेत सम्मान गरिने आयोजकले जनाएको छ । आयोजकका अनुसार प्रतियोगितामा सहभागि हुन असोज १५ गतेसम्म नाम दर्ता गराइसक्नुपर्नेछ भने दर्ता शुल्क प्रति टिम ३ हजार रुपैयाँ तोकिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार