प्राज्ञिक विद्यार्थी परिषदद्वारा धनगढीमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

धनगढी । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले दशैँ तिहारको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । परिषद्को धनगढी नगर इकाइले दशैँ तिहारलाई लक्षित गर्दै निर्माण व्यवसायी संघको सभाहलमा शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम गरेको हो ।

कार्यक्रममा धनगढी नगरभित्रका विभिन्न क्याम्पसका क्याम्पस प्रमुख, विद्यालयका प्रधानाध्यापक तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, आमाको माया छात्रावास धनगढीका अध्यक्ष, छात्रावासका विद्यार्थी लगायत अन्य प्राज्ञिक विद्यार्थी परिषद् नेपालका शुभ–चिन्तकको उपस्थिती रहेको प्राज्ञिक विद्यार्थी परिषद् धनगढी नगर इकाइकी सचिव गीता जोशीले जानकारी दिइन् ।

SHIKHAR COOL TECH

यस्तै कार्यक्रममा प्राज्ञिक विद्यार्थी परिषद् नेपाल धनगढी नगर इकाइका अध्यक्ष गणेश जोशी, सुदुरपश्चिम सह–संगठन सचिव मणिराम चौलागाईं, प्रदेश सचिव प्रेम बोहोरा, सह-सचिवहरु र अन्य प्राज्ञिकमा दायित्व भएका कार्यकर्ताको उपस्थिति रहेको प्राज्ञिक विद्यार्थी धनगढी नगर इकाइका सह-सचिव दिपक बहादुर चन्दले बताएका छन् ।

प्राज्ञिक विद्यार्थी परिषद् नेपालले देश भर संस्कार, संस्कृति र आफ्नो पन जोगाउन सँगसँगै शिक्षा र शिक्षालयको सुधारका लागि लामो समयदेखि काम गरिरहेको छ ‌।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार