मालिकार्जुन दार्चुला सेवा समितिको वार्षिक साधारण सभाको अवसर आठौँ वृहत रक्तदान तथा सांस्कृतिक कार्यक्रम हुँदै

अनिता धामी

धजगढी : मालिकार्जुन दार्चुला सेवा समितिको वार्षिक साधारण सभाको अवसरमा असोज १४ गते आठौं रक्तदान तथा सांस्कृतिक महोत्सव आयोजना हुने भएको छ।

उक्त कार्यक्रम मालिकार्जुन दार्चुला सेवा समितिको प्राङ्गणमा बिहान ८ बजेदेखि सुरु हुने कार्यक्रम संयोजक कलाकार लीलाधर भट्टले जानकारी दिए। मालिकार्जुन दार्चुला सेवा समितिले विगत लामो समयदेखि धनगढीमा रक्तदानका लागि र अन्य विभिन्न क्षेत्रमा सेवा प्रदान गर्दै आएको छ।

Galaxy

उक्त संस्थाले वर्षमा दुई चोटि रक्तदान कार्यक्रम आयोजना गरी रक्त संकलन गर्ने गर्दछ। दार्चुलाबाट आएका बिरामीहरूका लागि र सुदूरपश्चिमका ९ वटै जिल्लाका बिरामीहरूका लागि आवश्यक परेको समयमा रगतको अभाव हुन नदिन रक्तदान कार्यक्रम गर्दै आएको छ।

अहिले पनि आठौं साधारण सभाको अवसर पारेर वृहत रक्तदान तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्न लागेको मालिकार्जुन दार्चुला सेवा समितिकी उपाध्यक्ष जयन्ती धामीले बताएकी छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार