काठमाडौं : पछिल्लो दुई दिनको यता परेको अविरल वर्षाका कारण आएको बाढी पहिरोले काभ्रेपलाञ्चोकमा अहिलेसम्म ३ जनाको मृत्यु भएको छ। भने ११ जना बेपत्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यलय काभ्रेपलाञ्चोकका अनुसार बालिकासहित ३ जनाको मृत्यु भएको छ । भने ११ जना बेपत्ता भएका छन् । यस्तै बाढीबाट १० जनाको उद्धार गरिएको छ भने एक जना घाइते भएका छन् ।
काभ्रेको बनेपा नगरपालिका, बेथमनचोक गाउँपालीका, तेमाल गाउँपालीका र रोशी गाउँपालीकामा ठुलो क्षति पुगेको जिल्ला प्रहरी कार्यलय काभ्रेपलाञ्चोकले जनाउको छ।
प्रतिक्रिया दिनुहोस्