कैलालीमा असोज १५ गतेबाट कोभिडविरुद्धको खोप अभियान सञ्चालन हुने

धनगढी : कैलालीमा कोभिडविरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ । कोरोना सङ्क्रमणको जोखिम विद्यमान रहेको भन्दै असोज १५ गतेबाट खोप अभियान सञ्चालन गर्न लागिएको हो । 

जिल्लाको १३ वटा पालिकामा खोप अभियान सञ्चालन गर्ने जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले निर्णय गरेको छ । कोरोना सङ्क्रमणको जोखिम कायम रहेका कारण प्रदेशको स्वास्थ्य निर्देशनालय राजपुर डोटीले खोप अभियान सञ्चालनका लागि पत्राचार गरिसकेको जनाइएको छ ।  चाडपर्वको बेला मानिसको ओहोरदोहोर बढी कोभिड सङ्क्रमण बढ्न सक्ने अवस्थालाई दृष्टिगत गरेर खोप अभियान सञ्चालन गर्न लागेको बताइएको छ। 

dashain shuvakamana
Discovery School

कोभिड अझै छिटपुट रुपमा देखा परिरहेकाले पहिल्यै सतर्क रहन आवश्यक रहेको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले बताए । अहिले चाडपर्व आइरहेकाले विगतको घटनालाई नबिर्सेर पहिल्यै सतर्क भएमा राम्रो हुने उनको भनाइ छ। फाइजर, बायोटेक, मोनो भ्यालेटको खोप लगाउने जनाइएको छ ।

बच्चा र वयस्क दुवैका लागि कुल ३५ हजार डोज खोप स्थानीय तहलाई वितरण गरिने जानकारी दिइएको छ । धनगढी उपमहानगरपालिकालाई पाँच हजार डोज, टीकापुर नगरपालिकालाई पाँच हजार डोज, लम्कीचुहा नगरपालिकालाई सात हजार डोज खोप दिइने जनाइएको छ । 

यसैगरी, भजनी नगरपालिका, घोडाघोडी, गौरीगंगा नगरपालिकालाई तीनतीन हजार, कैलारी गाउँपालिका, बर्दगोरिया गाउँपालिकालाई दुई(दुई हजार डोज खोप दिइने छ । यसैगरी, जोशीपुर गाउँपालिका, जानकी गाउँपालिका, चुरे र मोहन्याल गाउँपालिकालाई एकएक हजार डोज खोप दिने जनाइएको छ । धनगढी। कैलालीमा कोभिडविरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ । कोरोना सङ्क्रमणको जोखिम विद्यमान रहेको भन्दै असोज १५ गतेबाट खोप अभियान सञ्चालन गर्न लागिएको हो । 

जिल्लाको १३ वटै पालिकामा खोप अभियान सञ्चालन गर्ने जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले निर्णय गरेको छ । कोरोना सङ्क्रमणको जोखिम कायम रहेका कारण प्रदेशको स्वास्थ्य निर्देशनालय राजपुर डोटीले खोप अभियान सञ्चालनका लागि पत्राचार गरिसकेको जनाइएको छ ।

आउँदै गरेको चाडपर्वको बेला मानिसको ओहोरदोहोर बढी कोभिड सङ्क्रमण बढ्न सक्ने अवस्थालाई दृष्टिगत गरेर खोप अभियान सञ्चालन गर्न लागेको बताइएको छ। कोभिड अझै छिटपुट रुपमा देखा परिरहेकाले पहिल्यै सतर्क रहन आवश्यक रहेको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले बताए । अहिले चाडपर्व आइरहेकाले विगतको घटनालाई नबिर्सेर पहिल्यै सतर्क भएमा राम्रो हुने उनको भनाइ छ। 

फाइजर, बायोटेक, मोनो भ्यालेटको खोप लगाउने जनाइएको छ । बच्चा र वयस्क दुवैका लागि कुल ३५ हजार डोज खोप स्थानीय तहलाई वितरण गरिने जानकारी दिइएको छ । धनगढी उपमहानगरपालिकालाई पाँच हजार डोज, टीकापुर नगरपालिकालाई पाँच हजार डोज, लम्कीचुहा नगरपालिकालाई सात हजार डोज खोप दिइने जनाइएको छ । 

यसैगरी, भजनी नगरपालिका, घोडाघोडी, गौरीगंगा नगरपालिकालाई तीनतीन हजार, कैलारी गाउँपालिका, बर्दगोरिया गाउँपालिकालाई दुईदुई हजार डोज खोप दिइने छ । यसैगरी, जोशीपुर गाउँपालिका, जानकी गाउँपालिका, चुरे र मोहन्याल गाउँपालिकालाई एकएक हजार डोज खोप दिने जनाइएको छ । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार