वीरेन्द्र–ऐश्वर्य उद्यान संरक्षणको माग गर्दै ज्ञापन पत्र

धनगढी : धनगढी उपमहानगरपालिकामा वीरेन्द्र–ऐश्वर्य उद्यान संरक्षणको माग गर्दै ज्ञापन पत्र बुझाएको छ । नागरिक समाजले नगर प्रमुख गोपाल हमाललाई ज्ञापन पत्र बुझाएको छ। धनगढी उपमहानगरपालिकाले वीरेन्द्र ऐश्वर्य उद्यान मासेर सपिङ्ग ब्लक निर्माण गर्न थालेको भन्दै नागरिक समाज धनगढीले पत्र बुझाएको हो ।

ज्ञापन पत्रमा उद्यान क्षेत्रमा निर्माण गर्न लागिएको सपिङ ब्लकले हरित क्षेत्रको नास हुने, उद्यानको सीमित क्षेत्रफलमा कंक्रिट संरचनाहरूले वातावरणीय सन्तुलन खलबलिने, साथै ट्राफिक व्यवस्थापनमा समेत असर पर्ने कुरा उल्लेख गरिएको छ । ज्ञापन पत्रमा उल्लेख भएअनुसार, उक्त परियोजना मेयरको ‘ हरित धनगढी ’ अभियानको विपरीत रहेको छ।

dashain shuvakamana
Discovery School

ज्ञापन पत्रमा उक्त परियोजना वैकल्पिक स्थानमा सपिङ ब्लक निर्माण गर्न सुझाव दिइएको छ । यसका साथै उद्यानको ऐतिहासिक तथा प्राकृतिक सौन्दर्यलाई कायम राख्दै आम नागरिकहरूको लागि खुला उद्यान बनाइदिन उपमहानगरपालिकालाई आग्रह गरिएको छ । वीरेन्द्र–ऐश्वर्य उद्यान संरक्षण ध्यानमा राख्दै उक्त योजनाहरू अघि सार्न विषयमा पुनर्विचार गर्ने नगरप्रमुख गोपाल हमालले बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार