माछाको ढुवानीमा सहजीकरण गरिदिन कैलालीका माछा व्यवसायीको माग

धनगढी : कैलालीका माछा व्यवसायीहरुले माछालाई बजारसम्म ढुवानीका लागि सहजीकरण गरिदिन माग गरेका छन । शुक्रबार उनिहरुले अत्तरियामा रहेको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयमा ज्ञापन पत्र बुझाउदै सो माग गरेका हुन ।

ज्ञापन पत्र बुझाउदै माछा व्यवसायी संघ कैलालीका अध्यक्ष रामप्रसाद चौधरीले तालदेखी बजारसम्म माछा ढुवानीका लागि सहजीकरण गरिदिन आग्रह स्वरुप ज्ञापन पत्र बुझाईएको बताए । उनले माछा व्यवसायीहरुले मोटरसाईकलमा माछा ढुवानी गर्दा प्रयोजन विपरित भएको भन्दै ट्राफिकले जरिवाना काट्ने गरेकाले आफुहरुलाई समस्या हुने गरेको बताए । ‘माछा व्यवसायीहरुले तालबाट माछा बजारसम्म ल्याउदा प्रयोजन विपरित भएको भन्दै ट्राफिकले ५०० देखी २००० हजारसम्म चिट काट्ने गरेकाले बजारीकरणका लागि सहजीकरण गरिदिन भन्दै ज्ञापन पत्र बुझाएका हौ’ उनले भने ।

dashain shuvakamana
Discovery School

उनले माछा व्यवसायीहरुले मोटरसाईकलको पछाडी राखेर क्रेटमा ३० किलोसम्म माछा ढुवानी गर्ने गरेको बताए । उनले सोही माछाको विक्रिवितरणबाट नै आफुहरुले परिवार चलिरहेको बताए । ‘अरु काम जानेका छैनौ, यही कामले परिवार बालबच्चा पाल्ने गरेका छौ, यसैलाई गरिखाने भाडो बनाएका छौ’ उनले भने ‘तर ट्राफिकहरुले प्रयोजन विपरित भनेर जरिवाना काट्दा दिनभर भएको आम्दानी नै त्यसैमा जाने भएकाले केही सहजीकरण हुन्छ की भनेर यहाँ ज्ञापन पत्र बुझाउन आएका छौ ।’

कानुन अनुसार परियोजन विपरित भएपनि व्यवहारीक किसिमले हेर्ने पाटो फरक भएकाले सबैसँग सल्लाह गरेर केही निर्णय गरिने आश्वासन पाएको उनले बताए । संघका अध्यक्ष चौधरीले नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रहरी निरिक्षक सुरज बहादुर खड्कालाई उक्त ज्ञापन पत्र बुझाएका थिए ।

ज्ञापन पत्र बुझ्दै प्रहरी निरिक्षक खड्काले कानुनी रुपमा प्रयोजन विपरित भएपनि व्यवहारीक रुपमा हेर्न सकिने अवस्थामा सहजीकरण गरिने बताए । उनले ढुवानीको साधनका कारण समस्या भएकाले तपाईहरु ढुक्क भएर ढुवानी गर्नुस भन्ने अवस्था भने नरहेको बताए ।

‘उहाँहरुले मोटरसाईकलमा ढुवानी गरिरहनुभएको रहेछ, मोटरसाईकलमा नितान्त २ जनासम्म यात्रु सवार गर्न मिल्ने ऐनमा व्यवस्था भएको कुरो हो’ उनले भने ‘यसमा प्रयोजन विपरित ढुवानी गर्नुस निर्धक्क भनेर भन्न सक्ने अवस्था कानुन विपरित रहन्छ । तर उहाँहरुलाई कैलेकाही व्यवहारीक पाटो हेर्न सकिने ठाउँमा सल्लाह गरेर सहजीकरण गरिदिने कुरा रहन्छ ।’ उनले माछा व्यवसायीहरुको पेसा नै त्यही भएकाले पेसालाई कसरी मर्यादित बनाउने, कसरी ढुवानीलाई व्यवस्थीत गर्न सकिन्छ भन्ने विषय व्यवसायीहरुले पनि सोच्नुपर्ने बताए ।

ज्ञापन पत्रमा कैलालीका माछा ढुवानी गर्ने किसानहरुले सोही कामबाट परिवार पाल्दै आएको उल्लेख गरिएको छ । कानुनमा परियोजन विपरित भनिएपनि रोजगारीको अवस्था र बालबालिकाको भविष्यसँग जोडिएको भएकाले व्यवहारीक रुपमा सहजीकरण गरिदिन ज्ञापन पत्रमा भनिएको छ । माछा ढुवानीबाट हुने दैनिक ५०० देखी १००० रुपैया सम्मको आम्दानीले नै परिवार पालिरहेकाले माछा व्यवसायीहरुको रोजगारीमाथी लात हान्ने काम नगरिदिन व्यवसायीहरुले ट्राफिक प्रहरीलाई अनुरोध गरेका छन ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार