सुदूरपश्चिम स्तरीय अन्तर क्याम्पस तथा मावि स्तरीय हाजिरी जवाफ प्रतियोगिता एसपीए क्याम्पस प्रथम

धनगढी : प्रथम सुदूरपश्चिम स्तरीय अन्तर क्याम्पस तथा मावि स्तरीय हाजिरी जवाफ प्रतियोगिता–२०८१ मा एसपीए क्याम्पस प्रथम भएको छ । अनेरास्ववियु सुदूरपश्चिम विश्वविद्यालय राष्ट्रिय कमिटीले कैलाली बहुमुखी क्याम्पसमा हाजिरी जवाफ प्रतियोगिता आयोजना गरेको थियो ।

विद्यार्थीहरूमा भएको क्षमता, प्रतिभा र ज्ञानको प्रस्फुटन गर्ने उद्देश्यसहित आयोजना गरिएको प्रतियोगितामा एसपीए कलेज पहिलो स्थान हासिल गर्न सफल भएको हो ।

dashain shuvakamana
Discovery School

एसपीए कलेजबाट उप–प्राध्यापक इन्द्रमणि अवस्थीको नेतृत्वमा रञ्जित धनाडी बि.एड चौथो वर्ष, गोविन्द कलौनी बि.एड चौथो वर्ष, नेत्र बोगटी बि.एड तेस्रो वर्ष र यशोदा जोशी बि.बि.एस पहिलो वर्षमा अध्ययनरत विद्यार्थीसहितको सहभागी टोली प्रथम स्थान हासिल गर्दै नगद २१ हजार १११ रुपैयाँसहित पुरस्कृत भएको छ ।

द्वितीयलाई १२ हजार २२२ र तृतीय स्थान हासिल गर्ने टोलीलाई नगद पुरस्कार सात हजार सात सय सतहत्तर र प्रमाण पत्र प्रदान गरेको आयोजकले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार