लोक गायक नारायण रायमाझीलाई मातृशोक

काठमाडौँ : लोक गायक, संगीतकार तथा फिल्म निर्देशक नारायण रायमाझी र गायक दुर्गा रायमाझीलाई मातृशोक परेको छ। 

उनीहरूकी आमा कृष्णकुमारीको बिहीबार राति काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा ८२ वर्षको उमेरमा निधन भएको हो। उनको पार्थिव शरीरलाई शुक्रबार बिहान पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ।

Seti Hospital

स्वर्गीय रायमाझीका श्रीमान् सूर्यबहादुर रायमाझी, तीन छोरा र २ छोरी रहेका छन्। तीमध्ये नारायण र दुर्गा लोक तथा दोहोरी गीतमा चर्चित छन् भने अर्का जीवन रायमाझी शिक्षण पेसामा छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार