बैङ्किङ कसुर मुद्दामा कैलालीका माओवादी नेता काठमाडौँमा पक्राउ

धनगढी : बैङ्किङ कसुर मुद्दामा कैलालीका एकजना काठमाडौँबाट पक्राउ परेका छन्।

पक्राउ पर्नेमा नेकपा माओवादी केन्द्र घोडाघोडी नगर कमिटी अध्यक्ष तथा राष्ट्रिय माध्यमिक विद्यालय सुख्खडका व्यवस्थापन समितिका अध्यक्ष खगेन्द्र हमाल रहेका छन्।

अनामनगर प्रहरी वृत्तले उनलाई पक्राउ गरेको हो। काठमाडौँ जिल्ला अदालतले हमाललाई बैङ्किङ कसुर मुद्दामा कैद र जरिवाना सहितको फैसला सुनाएको थियो।

अदालतको फैसलापछि फरार रहेका हमाललाई पक्राउ गरिएको हो। आफ्नो खातामा पर्याप्त रकम नभए पनि ४५ लाखको चेक काटेको बुझिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार