कञ्चनपुर : कञ्चनपुरमा एक जना फरार प्रतिवादी पक्राउ परेका छन् । बेलौरी नगरपालिका-२ बस्ने ३८ वर्षका सूर्यबहादुर चौधरी पक्राउ परेका हुन् ।
जिल्ला अदालत कञ्चनपुरको २०८० पुष १२ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा १ वर्ष ७ महिना २५ दिन कैद सजाय तोकिई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको टोलीले बिहीबार पक्राउ गरेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्