सुदूरपश्चिमका २ जिल्लामा रात्री बस चलाउन रोक 

धनगढी । सुदूरपश्चिम प्रदेशका २ जिल्लामा रात्री बस चलाउन रोक लगाइएको छ । अत्याधिक वर्षाको चेतावनीपछि राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रेडअलर्ट जारी भएका डोटी र अछाममा रात्री बस चलाउन रोक लगाएको हो ।   

भारी वर्षाका कारण यात्रा गर्दा उच्च जोखिम हुने भन्दै सुदूरपश्चिमका यी २ जिल्लामा शुक्रबार र शनिबार रात्रिकालीन बस चलाउन रोक लगाइएको प्राधिकरणले जनाएको छ ।

dashain shuvakamana
Discovery School

त्यस्तै रेडअलर्ट जारी भएको कैलालीमा रात्री बस संचालनमा रोक लगाइएको छैन ।

यसका साथै रेडअलर्ट जारी भएका जिल्लाहरुमा रात्रिकालीन बस नचलाउन गृह मन्त्रालयमार्फत सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा सर्कुलरसमेत गरिएको छ ।    

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार