शुक्रबार र शनिबार रात्रिकालीन बस नचलाउन अपील

काठमाडौं : मनसुन सक्रिय भएको र अत्याधिक वर्षाका कारण जोखिम निम्तिनसक्ने भन्दै शुक्रबार र शनिबार रात्रिकालीन बस नचलाउन अपील गरिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बिहीबार विज्ञप्ति जारी गर्दै असोज ११ र १२ गते रात्रिकालीन बस नचलाउन अपील गरेको हो।

रातको समयमा यात्रा गर्दा पहिलो र बाढीको आँकलन गर्न कठिन हुने भएकाले रात्रिकालीन बस नचलाउन आग्रह गरिएको प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईले बताए।

dashain shuvakamana
Discovery School

त्यस्तै किसनाहरूलाई पनि केही दिन धान नकाट्न आग्रह गरिएको छ। यदि धान काटिसकेको भए सुरक्षित स्थानमा थन्काउनसमेत प्राधिकरणले आग्रह गरेको छ। तराईका जिल्लाहरूमा सकेसम्म भूइँतलामा अन्नपात नराख्न पनि सचेत गराइएको छ। जुनसुकै बेला खोखिम निम्तिसक्ने भन्दै खोज तथा उद्धारका लागि तीनवटै सुरक्षा निकाय र स्वयंसेवकहरूलाई तयारी अवस्थामा रहन प्राधिकरणले आग्रह गरेको छ।

बिहीबारदेखि आइतबारसम्म मनसुन सक्रिय हुने भन्दै जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले ५६ जिल्लामा सतर्कता अपनाउन आह्वान गरिसकेको छ। विभागले कोशी प्रदेशको ११ जिल्ला, मधेसको तीन जिल्ला, बागमतीको १२ जिल्ला, गण्डकीको १० जिल्ला, लुम्बिनीको १२ जिल्ला, कर्णालीको ५ जिल्ला र सुदूरपश्चिमको ३ जिल्लामा उच्च जोखिम रहने जानकारी दिएको छ। 

बंगालको खाडीबाट प्रवाह हुने जलवाष्पयुक्त हावा र त्यस क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको प्रभावको कारण देशभर मनसुन सक्रिय भएको विभागले जनाएको छ। मनसुन सक्रिय भएपछि देशका अधिकांश स्थानमा मेघ गर्जन/चट्याङ्गसहित वर्षा हुने विभागको भनाइ छ। 

वर्षाका कारण बाढी, पहिरो र भू-क्षयको जोखिम रहेको छ। रातको समयमा पानी पर्ने सम्भावना बढी हुने गरेकाले सहरी र तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको विभागको भनाइ छ। ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्नसक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी क्षेत्र आसपासका निर्माण कार्य, सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार