तीन वर्षमा निर्माण सम्पन्न गर्ने भनेर सुरु गरिएको घोडाघोडी अस्पतालको जग्गा अलपत्र

कैलीला : तीन वर्षमा निर्माण सम्पन्न गर्नेगरी २०७७ सालमा शिलन्यास गरिएको घोडाघोडी नगरअस्पताल जग्गा भोकाधिकारका कारण निर्माण कार्य अगाडि बढ्न सकेको छैन ।

कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर २ साँडेपानीमा २०७७ साल मङ्सिर १५ गते तत्कालिन कैलाली क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य एवम् पूर्व कृषी मन्त्री गौरीशंकर चौधरीले अस्पतालको शिलन्यास गरेका थिए ।

dashain shuvakamana
Discovery School

७५३ वटै पालिकामा अस्पताल निर्माण गर्ने सरकारको नीति अनुसार अस्पताल निर्माण थालनी भएको थियो ।  छिमेकी पालिका बर्दगोरिया, लम्कीचुहामा  अस्पताल निर्माणले पूर्णता पाउदै गर्दा एउटै समयमा सुरु भएको घोडाघोडी नगर अस्पतालको निर्माण कार्य जगमै सिमित देखिन्छ ।

घोडाघोडी नगरपालिका योजनाशाखाका प्राविधिक किशोर भट्टले सुरुको वर्ष एक करोड बजेट आएर निर्माण कम्पनीले जगसम्मको कामगरे पनि डिपिआर र जग्गा भोकाधिकारमा समस्या देखिएपछि निर्माणका लागि रकम नआएको जनाए ।

नेपाल सरकार स्वास्थ्य मन्त्रालयअन्तर्गत सबै स्थानीय तहमा निर्माण हुने अस्पतालको तत्कालिन अवस्थामा डिएफआईडीको सहयोगमा नेपाल हेल्थ सेक्टर सर्पोट कार्यक्रममार्फत केहि समयका लागि विशेषज्ञ भाडामा लिएर अस्पताल निर्माणको जग्गाको कागजात, भवनको डिजाईन अवधारण पास गराउने व्यवस्था गरिएको थियो ।

घोडाघोडी नगरअस्पतालको जग्गा, डिजाईन अवधारणा हेर्नु भएका विशेषज्ञ जुम गुरुङले घोडाघोडीको जग्गाको कागजात र भवन डिजाईन अवधारणा अधुरो रहेको बताए ।

कार्य जिम्मा दिएको समयावधीका कारण कन्सल्टेन्टको रुपमा कामगरेका प्राविधिकहरुले जस्ताको त्यस्तै रिर्पोट बुझाएका थिए । घोडाघोडी नगरपालिकाका नगर प्रमुख खडकबहादुर रावतले करिब चारविगाह क्षेत्रफल रहेको नगरअस्पातल निर्माण हुने जग्गा ऐलानी रहेको र भोकाधिकारका लागि सबै प्रकृया पुरागरी फायल सङ्घीय मन्त्रालयमा पठाएको बताए। उनले भोकाधिकारका लागि आधिकारिकता प्राप्त हुनासाथ निर्माणको काम अगाडि बढ्ने उल्लेख गरे ।

कुल १८ करोड लगानीमा १५ शय्या नगर अस्पतालको दुईवटा भवन बन्ने निर्माण योजनामा पहिलो भवनका लागि नौ करोड ५३ लाखमा निर्माणको ठेक्का राजेन्द्र निर्माण सेवा ले पाएको थियो । तीन वर्षमा निर्माण सम्पन्न गर्नेगरी ठेक्का लिएपनि रकम नआएपछि निर्माण अगाडि बढ्न सकेको छैन । घोडाघोडी स्वास्थ्यशाखा प्रमुख कैलाशकुमार रावतले निर्माण कम्पनीले ८० लाख पेश्की लगेको बताउदै पेश्की बराबरको काम नगरेको उल्लेख गरे।

निर्माणाधिन अस्पतालसँगै रहेको पहिलाको स्वास्थ्य चौकी भवनबाट अहिले नगरअस्पतालको सेवा प्रवाह भइरहेको छ । तीन जना चिकित्सकसहितको स्वास्थ्यकर्मीले सेवा दिने उक्त नगर अस्पतालमा भौतिक संरचनाको अभावले साँगुरो ठाउँबाट सेवा दिन बाध्य भएको जनाएका छन् ।

उक्त अस्पतालमा असोज १ गतेदेखि स्वास्थ्य विमा कार्यक्रमसमेत लागू भएको छ । अस्पतालका प्रमुख डा। हेमनाथ आचार्यले भौतिक संरचनाको अभावमा पनि आफूहरुले विरामीलाई गुणस्तरीय स्वास्थ्य उपचार सेवा दिइरहेको बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार