विदेशबाट घर फर्केका एक युवाले आफ्नी श्रीमती र बुवालाई गाेली हानेर फरार

धनगढी : विदेशबाट घर फर्केका एक युवाले आफ्नी श्रीमती र बुवालाई गाेली हानेर भागेका छन् । सर्लाहीको हरिपूर्वा नगरपालिका–५, का धीरेन्द्र यादवले गएराती २ वजे गाेली हानेका हुन् । गोली लागेर श्रीमतिकाे घटनास्थलमै मृत्यु भएकाे छभने युवकको बुवा घाइते भएका प्रहरीले जनाएको छ ।

गोली प्रहार गर्ने धीरेन्द्र  र उनीसँगै मोटरसाइकल चढेर आउने साथी फरार भएका छन् । सर्लाही प्रहरीका निमित्त प्रमुख एवं प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले उनीहरुकाे खोजी भइरहेको बताए । स्थानीयका अनुसार श्रीमती र बुवालाई गोली प्रहार गर्ने धीरेन्द्र एक महिनाअघि वैदेशिक रोजगारीबाट घर फर्किएका थिए । घरायसी विवाद भएपछि उनी घरमा नबस्ने गरेको बुझिएको छ । 

बुधवार राति भने एक्कासि हतियारसहित घरमा आएर श्रीमती र बुवामाथि गोली प्रहार गरेका हुन् । प्रहरी नायब उपरीक्षक श्रेष्ठले घरायसी विवादका कारण घटना भएको बताए। प्रहरी टोली अहिले घटनास्थलमै छ । घटनास्थलको अनुसन्धानपश्चात् मृतक चित्रलेखाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा लगिने प्रहरीले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार