पहिरोसँगै निस्कन थाले सिसा जस्ता चमकदार, पारदर्शी डल्ला

धनगढी : बैतडीको पुर्चौडी नगरपालिकास्थित लामुनीको पहिरोबाट सिसा जस्ता चमकदार, पारदर्शी डल्ला निस्कन थालेका छन् । आठ इन्च लम्बाइ र चारदेखि १० इन्च गोलाकार डल्लाको दुवैतर्फ चुच्चो रहेको छ । पहिरोबाट निस्केका पारदर्शी डल्ला सिसा, पत्थर वा अन्य के हो रु भन्ने विषयमा अनुसन्धान हुनुपर्ने स्थानीयको माग छ ।

पुर्चौडी नगरपालिका–८, लामुनीको कमेरपानीमा २०५२ सालदेखि अहिलेसम्म निरन्तर पहिरो खसिरहेको छ । पहिरोले ४० परिवारको घरखेत बगाइसकेको छ । त्यसयता निरन्तर पहिरो खस्दा ९५ परिवार जोखिममा छन् । पहिराले दुई वटा पहाड नै तहसनहस बनाएको छ । गत वर्षसम्म पहिरोबाट बारुदको जस्तो गन्ध आउँथ्यो । यो वर्ष भने सिसा जस्ता चमकदार डल्ला निस्कन थालेको स्थानीय लोकेश साउदले बताउनुभयो ।

dashain shuvakamana
Discovery School

पहिरोले स्थानीय डणपुर, लामुनी, चिमडा, टुणेत, सल्ला, गरखा, पेल्तडी, धन्नासी, न्वाकोटलगायत गाउँ जोखिममा छन् । खानेपानीको मुहान पहिरोले लगेपछि गाउँमा पानीको समस्या छ । दुई वटा नहर बगाउँदा खेत बाँझै छ । पहिरोका कारण स्थानीय केदार मन्दिरसमेत जोखिममा परेको स्थानीय हरिश साउदले बताउनुभयो ।

यहाँ बर्खामा मात्रै होइन, हिँउदमा समेत पहिरो खस्दा गन्धक जस्तो नराम्रो दुर्गन्ध आउँछ । यो वर्ष भने सिसा जस्ता चमकदार पारदर्शी डल्ला निस्कन थालेपछि स्थानीयले खोज अनुसन्धानको माग गरेका छन् । भूगर्भ विभागले यसअघि पुर्चौडी नगरपालिका क्षेत्रमा फलाम खानी र कृषि मलमा प्रयोग हुने फस्फोराइट जस्ता खानी पत्ता लगाइसकेको छ ।

लामुनीको पहिरोमा पनि महत्वपूर्ण खनिज वा अन्य खानी हुन सक्ने स्थानीयले बताएका छन् ।

भूगर्भविद्ले पहिरोको अनुसन्धान गर्ने हो भने कमरेपानीको पहिरोमा बहुमूल्य धातु वा पत्थर फेला पर्न सक्ने स्थानीयको भनाइ छ । कमेरपानीको पहिरोबाट बर्खामा लेदो बग्ने गरेको छ भने हिउँदमा सफा पानी देखिए पनि त्यसमा फिँज आउने गरेको छ ।

पहिरो खस्दा दुर्गन्ध आउने, पानीमा फिँज तस्तो पदार्थ देखिने र अहिले चमकदार डल्लो फेला परेको विषयमा नास्टका वैज्ञानिक डा। भोजराज पन्तले खानी तथा भूगर्भ विभागको टोलीलाई स्थानीय तहले खोज अनुसन्धानका लागि माग गर्नुपर्ने बताउनुभयो । खानी नै पत्ता लागेको खण्डमा पहिरोले निम्त्याएको दुर्भाग्य भोलि सौभाग्य बन्न सक्ने स्थानीयको भनाइ छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार