बैतडीको पाटनमा हाजिर भए नयाँ प्रमुख प्रशासकीय अधिकृत जोशी

बैतडी : बैतडीको पाटन नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत अम्मरराज जोशी हाजिर भएका छन् । प्रमुख प्रशासकीय अधिकृत जोशीलाई बिहीबार एक कार्यक्रमकाबीच नगरपालिकामा स्वागत गरिएको छ । 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जोशीलाई गएको भदौ ३१ गते पाटन नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत पदमा सरुवा गरेको थियो । जोशी आज नगरपालिकामा हाजिर भएका हुन् । 

dashain shuvakamana
Discovery School

प्रमुख प्रशासकीय अधिकृत जोशीको स्वागतमा आयोजना गरिएको कार्यक्रममा नगर प्रमुख गौरीसिंह रावल, उपप्रमुख कमलसिंह बोहरा, वडा अध्यक्ष लगायतका जनप्रतिनिधि र नगरपालिकाका कर्मचारीहरुको सहभागिता रहेको थियो । 

स्वागत कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत जोशीले कर्मचारीहरुले सेवाभावले काम गर्नुपर्ने बताए । राम्रो काम गर्ने वातावरण सिर्जना गर्नेतर्फ सम्वद्ध सबैको ध्यान जानु पर्नेमा उनले जोड दिए । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार