गएराति कञ्चनपुरका ईन्स्पेक्टर शाहीमाथि आक्रमण

कञ्चनपुर : कञ्चनपुरको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका ईन्स्पेक्टर महेश विक्रम शाहीमाथि आक्रमण भएको छ । चार्डपर्वका बेला हुने अपराधिक गतिविधि नियन्त्रण गर्ने उद्धेश्यले स्थानीयको शान्ति सुरक्षाका लागि त्रिभुवनबस्तीका ईन्स्पक्टर शाहीसहित ९ जनाको प्रहरी टोली  गएराति करिब ९ बजेको समयमा पुनर्वास नगरपालिका ७ च–गाउँमा गस्तीमा निस्केको र उनिहरु चढेको भ्यानमा समेत तोडफोड भएको जनाइएको छ। 

 ईन्स्पेक्टर शाहीका अनुसार गस्तीमा निस्केका बेला पुनर्वास ७  बुद्धबस्तीमा खडखडे खेलीरहेको टोलीलाई नियन्त्रणमा लिन खोज्दा विवाद उत्पन्न भएको जानाए । उक्त समुहलाई सम्झाएर नियन्त्रण गर्न खोज्दा आफ माथि  २५\३० जनाको समुहले आक्रमण गर्दा आफ्नो कानमा चोट लागेको बताए ।अन्य चार जना प्रहरीलाई सामान्य चोट लागेको र भ्यानको अगाडीको सीसा र पछाडीको छानोमा क्षति पुगेको बताए । 

dashain shuvakamana
Discovery School

आक्रमणपछि गाउँका महिला र बालबालिका समेत आउन थालेपछि घटना स्थलबाट फर्किएको ईन्स्पेक्टर शाहीले बताए। आक्रमणमा परेका ईन्स्पेक्टर शाहीको पुनर्वास नगरपालिका ६ स्थित टाउन हस्पिटलमा उपचार भएको छ । आक्रमण गर्नेहरुको पहिचान गरी कानुन बमोजिम कार्वाही गरिने ईन्स्पेक्टर शाहीले बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार