धनगढी : बैतडीको डिलाशैनी गाउँपालिका -४ जोखल्लीका सुरेन्द्र रोकायाको घर पहिरोले पुरिएको छ । गएराति घरमाथिबाट पहिरो खस्दा रोकायाको घर पुरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक जनक ढुंगानाले बताए ।
दुईतले कच्ची घर पहिरोले पूर्ण रुपमा क्षतिग्रस्त भएको छ । घर पहिरोको जोखिममा रहेकाले रोकायाको परिवार वर्षा हुने बित्तिकै आफन्तको घरमा सरिसकेको हुँदा मानवीय तथा चौपाया क्षति नभएको प्रहरी निरीक्षक ढुंगानाले बताए ।
प्रतिक्रिया दिनुहोस्