धनगढीका विद्यालयहरूमा सेल्फ डिफेन्स प्रशिक्षण सुरू

धनगढी : धनगढी सेल्फ डिफेन्स प्रशिक्षण सुरू भएको छ। केआइएफ कुरोदय सेल्फ डिफेन्स मार्सल आर्ट्सको सहकार्यमा लोकतान्त्रिक खेलकुद संघ सुदूरपश्चिम प्रदेश समिति र कैलाली जिल्ला समितिले प्रशिक्षणको आयोजना गरेको हो।
सेल्फ डिफेन्स प्रशिक्षक प्रशिक्षणका लागि धनगढीका ६० विद्यालय र कलेजका २ हजार विद्यार्थी मध्येबाट ७० जनालाई तालिमका लागि छनोट गरिएको हो।

सेल्फ डिफेन्स प्रशिक्षणका लागि छनोट भएका छात्राहरूलाई कुरोदय सेल्फ डिफेन्स मार्सल आर्ट्सले एक महिना ७ दिनको तालिम प्रदान गर्ने कुरोदयका महासचिव एवं प्रमुख प्रशिक्षक सुरेन्द्रसिंह बिष्टले बताए। उनले प्रशिक्षणमा सहभागीहरूलाई सेल्फ डिफेन्स तालिम दिन सक्षम बनाइने बताए।

SHIKHAR COOL TECH

बिष्टका अनुसार तालिममा सहभागी भएका ७० जनाले प्रशिक्षक तालिम लिए पश्चात् सुदूरपश्चिमका सबै जिल्लामा गएर सेल्फ डिफेन्स सम्बन्धी तालिम प्रदान गर्नेछन्। तालिमले महिलाहरूलाई आत्म सुरक्षाका लागि प्राविधिक ज्ञान र कौशल प्रदान गर्ने लोकतान्त्रिक खेलकुद संघका कैलाली अध्यक्ष गोविन्द केसीले बताए।

प्रमुख प्रशिक्षक बिष्टले तालिम पश्चात् प्रशिक्षार्थीले कम शक्ति, चलमल र सम्पर्क बिनै शारीरिक हिंसा गर्न आउने व्यक्तिको प्रतिवाद गर्न सक्ने बताए। उनले आत्मरक्षाका सिप हासिल गरी हिंसाबाट बच्न सक्ने बनाउन तालिम दिन लागिएको बताए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार