बेंगलुरुमा नेपाली महिलाको हत्यामा संलग्न व्यक्तिको मृत्यु

काठमाडौँ : भारतको बेंगलुरुमा नेपाली महिला महालक्ष्मीको हत्यामा संलग्न व्यक्ति भारतकै ओडिसा राज्यको एउटा गाउँमा मृत फेला परेका छन् । प्रहरीले उनको खोजी गरिरहेको थियो ।

आफू पक्राउ पर्ने भएपछि उनले आत्महत्या गरेको हुन सक्ने प्रहरीको भनाइ छ । ओडिसाको भद्रक जिल्लाको एउटा गाउँमा बुधबार रुखमा झुण्डिएको अवस्थामा आरोपितको शव फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आरोपितको नाम मुक्तिरन्जन राय हो । उनको एउटा डायरीसमेत बरामद भएको प्रहरीले जनाएको छ । डायरीमा उनले महालक्ष्मीको हत्यामा आफ्नो संलग्नता स्वीकार गरेको बताइएको छ ।

dashain shuvakamana
Discovery School

प्रहरीका अनुसार महालक्ष्मी र रन्जन सन् २०२३ देखि रिलेशनशिपमा थिए । दुवै एउटै मलमा काम गर्दै आएका थिए । २० सेप्टेम्बरमा बेंगलुरुस्थित आवासमा २९ वर्षीय महालक्ष्मीको शव विभत्स अवस्थामा फेला परेको थियो । उनको शव ५९ टुक्रा पारेर फ्रिजमा राखिएको अवस्थामा फेला परेको थियो । भारतीय सञ्चारमाध्यमका अनुसार तीन दशकअघि महालक्ष्मीका आमाबुबा रोजगारीको सिलसिलामा नेपालबाट बेंगलुरु आएर बस्न थालेका थिए ।

महालक्ष्मीको विवाह नेलमंगलामा बस्दै आएका हेमन्त दाससँग भएको थियो ।   महालक्ष्मी विगत ४ वर्षदेखि पतिसँग अलग भएर बस्दै आएकी थिइन् । महालक्ष्मीकी ४ वर्षीय छोरीसमेत छिन् । छोरी आफ्नै पितासँग बस्दै आएकी छन् । महालक्ष्मीले पतिसँग सम्बन्धविच्छेद भने गरेकी थिइनन् । तर परपुरुषसँग सम्बन्ध रहेको भन्दै पतिले विवाद गरेपछि उनी एक्लै बस्दै आएकी थिइन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार