इरानले मेरो हत्या गर्न खोजिरहेको छ : अमेरिकाका पूर्वराष्ट्रपति ट्रम्प

काठमाडौँ : अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले आफ्नो हत्याको असफल प्रयास गरेको दाबी गरेका छन्।

इरानले आफ्नो हत्याको प्रयास गरे पनि सफल नभएको तर उसले फेरि यो प्रयास गर्न सक्ने ट्रम्पको भनाइ छ। पूर्वराष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमा लेखेर यस्तो बताएका हुन्।

dashain shuvakamana
Discovery School

उनले लेखका छन्,‘मलाई इरानबाट ठूलो खतरा छ। अमेरिकी सेनाले हेरेको छ। इरानको तर्फबाट प्रयास गरिएको थियो तर, असफल रह्यो। तर, उसले फेरि यो प्रयास गर्न सक्छ। यो कसैका लागि राम्रो स्थिति होइन। म र अरू मान्छे बन्दुक तथा हतियारले घेरिएका छौँ।’

ट्रम्पले यो मुद्दामा रिपब्लिकन र डेमोक्रेटिक सांसद एक साथ उभिएकोमा खुशी व्यक्त गरेका छन्। उनले पूर्वराष्ट्रपतिमाथि आक्रमण भए आक्रमणकारीले आफ्नो मृत्यु निम्त्याउनु सरह हुने चेतावनी पनि दिएका छन्।

अमेरिकी राष्ट्रपति चुनावअघि ट्रम्पको यसखाले अभिव्यक्तिलाई कतिपयले चुनावी ‘स्टन्ट’ ठानेका छन्। यद्यपि उनको यो अभिव्यक्तिपछि अमेरिकी राष्ट्रपतिको सुरक्षाका विषयमा बहस सुरू भएको छ।

अमेरिकामा आगामी ५ नोभेम्बरमा राष्ट्रपति चुनाव हुँदैछ। रिपब्लिकन उम्मेदवार ट्रम्पको प्रतिस्पर्धा डेमोक्रेटिक पार्टीकी कमला ह्यारिससँग भइरहेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार