खेलकुदले समाज जोड्छ : प्रचण्ड

काठमाडौं : पूर्वप्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेलकुद क्षेत्रले समाजलाई जोड्ने बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित ‘एफ.एम सुजेन्द्र प्रसाद श्रेष्ठ प्रथम स्मृति भेट्रान राष्ट्रिय चेस प्रतियोगिता २०८१’ को उद्घाटन गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।

dashain shuvakamana
Discovery School

“संस्कृति र खेलकुल क्षेत्रले राष्ट्रिय एकता, सामाजिक अनुशासन र समाजमा मर्यादा कायम गर्नका लागि महत्त्वपूर्ण भूमिका खेल्छ,” उनले भने, “यसले समाजलाई जोड्छ ।”

उनले अगाडि भने, “समाजलाई जोड्नका लागि खेलकुद र संस्कृतिले ठूलो भूमिका खेल्छ । त्यसैले मैले पहिलो पटक प्रधानमन्त्री बन्दैदेखि यी क्षेत्रहरूलाई विशेष ध्यानमा राख्दै आएको छु ।”

उनले यी क्षेत्रहरू सुधारिए समाजले त्यसबाट ठूलो शिक्षा लिने बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार