पत्रकार महासंघ कैलालीको कार्यसमितिबाट उपाध्यायले दिए राजिनामा

धनगढी : नेपाल पत्रकार महासंघ कैलालीका कार्यसमिति सदस्य दीपक उपाध्यायले राजिनामा दिएका छन् । उपाध्यायले मंगलबार एक बिज्ञप्ती जारी गर्दै राजिनामा दिएको जानकारी दिएका हुन् ।

‘२०७८ चैत २५ गते निर्वाचित भई हालका दिनसम्म आफ्नो जिम्मेबारी पूूर्णरुपले वहन गरेको छु’ उनले बिज्ञप्तीमा भनेका छन् –‘निर्वाचित मितिदेखि आजका मितिसम्म विधानले तोके बमोजिमको पदावधि सिद्धिएकोले नैतिकताको आधारमा पद त्यागेको हु ।’ नेपाल पत्रकार महासंघको अधिवेशनको कुनै टुंगो नलागेको हुँदा अब पनि किन पदमा बसिरहने भन्ने प्रश्नले कैयौ दिनसम्म झकझकाइ रहँदा म यो निर्णयमा पुगेको छु कि, आज उप्रापन्त कार्यकारी सदस्यको रुपमा नरहेको व्यहोरा उनले बिज्ञप्ती मार्फत सम्पूर्ण पत्रकार मित्रहरुमा जानकारी गराएका छन् ।

SHIKHAR COOL TECH

राजीनामा पत्र सम्बन्धित निकायमा बुझाइ सकेको जानकारी दिदै उपाध्यायले आफु पदमा नभएपनि पत्रकार हक हित तथा पत्रकार महासंघको सांगठनिक गतिविधिमा सदा कटिवद्ध ढंगले मेरो संलग्नता रही रहने विश्वास समेत दिलाएका छन् । उनले मंगलबार आफ्नो राजिनामा नेपाल पत्रकार महासंघ कैलाली जिल्ला शाखामा दिएको जानकारी दिएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार