धनगढीबाट प्रतिबन्धित औषधी बिक्री गरिरहेको अवस्थामा एक जना पक्राउ

धनगढी : कैलालीको धनगढीबाट प्रतिबन्धित औषधी बिक्री गरिरहेको अवस्थामा एक जना पक्राउ परेका छन् ।

मंगलबार साँझ वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका – २ बैयावेहडी चोकमा रहेको केयर फस्ट फार्मेसीबाट प्रतिबन्धित औषधी ट्रामाडोल २१ ट्याब्लेट बिक्री गरिरहेको अवस्थामा फार्मेसी सञ्चालक कञ्चनपुरको वेदकोटन गरपालिका – ५ का २३ वर्षीय दीपक राज जोशीलाई पक्राउ गरेको हो ।

dashain shuvakamana
Discovery School

उनलाई फार्मेसीबाट प्रतिबन्धित औषधी ट्रामाडोल  बिक्री वितरण गरी रहेको अवस्थामा पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ । प्रहरीले उक्त औषधी सहित फार्मेसी सञ्चालक जोशीलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार