सुदूरपश्चिममा शनिबारसम्म धान नकाट्न मन्त्रालयको आग्रह

धनगढी : सुदूरपश्चिममा धान नकाट्न आग्रह गरिएको छ । सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै शनिबार सम्म धान नकाट्न आग्रह गरेको हो ।

जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाका अनुसार बंगालको खाडीबाट प्रभाव हुने जलवाष्फयुक्त आवाको प्रभावका कारण बुधबारदेखि शनिबारसम्म सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रमा सामान्यदेखि धेरै वर्षा हुने पूर्वानुमान भएको जानकारी प्राप्त भएको भन्दै मन्त्रालयले सचेत रहन र सो अवधिमा धान नकाट्न आग्रह गरेको छ ।

dashain shuvakamana
Discovery School

विज्ञप्तीमा पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहने तथा नदीनाला र खहरे खोलामा पानीको जलप्रवाहले पानीको सतह बढ्न सक्ने भएकोले सतर्कता अपनाउन आग्रह गरिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार