घोडाघोडी तालमा गोहीको सङ्ख्या वृद्धिसँगै बस्ती पस्दै

धनगढी : विश्व रामसारमा सूचीकृत कैलालीको घोडाघोडी तालमा सूचक प्रजाति मगर गोहीको सङ्ख्या वृद्धि हुँदै गएपछि आहाराका लागि बाहिरिन थालेका छन् ।

शुक्रबार बिहान पूर्वी ओजुवाबाट वयस्क मगर गोही कुलोमा निस्केर नजिकैको बस्ती पस्न थालेपछि स्थानीयले वन कर्मचारीलाई खबर गरेका थिए । वन कर्मचारी र स्थानीयको सक्रियतामा तालबाट बाहिर निस्केको वयस्क गोहीलाई उद्धार गरी घोडाघोडी तालमा छोडिएको छ । पहलमानपुर डिभिजन वन कार्यालयका वन अधिकृत विश्वराज पण्डितले करिब ६० देखि ७० किलो तौल भएको पाँच फिट लामो वयस्क गोहीलाई नियन्त्रणमा लिई तालमा छोडिएको बताए । उनले गोहीको सङ्ख्या बढ्दै गएपछि आहार र प्रजननका लागि बाहिर निस्केको हुन सक्ने बताए ।

dashain shuvakamana
Discovery School

घोडाघोडी सिमसार क्षेत्रमा ठुलासाना गरेर २४ वटा प्राकृतिक ताल रहेका छन् । ती तालमध्ये सबैभन्दा ठुलो घोडाघोडी तालमा दुई ठाउँमा मगर गोहीका लागि प्रजनन केन्द्र बनाइएको छ । गोहीको सङ्ख्या बढ्दै गएपछि घोडाघोडी सिमसार क्षेत्रमा रहेका अन्य तालमा समेत गोहीको वासस्थान बन्ने गरेको र त्यहाँबाट गोही बाहिर निस्किने गरेको स्थानीय बताउँछन्  ।

घोडाघोडी नगरपालिकाले पुरिएर चौरमा परिणत भएको ओजुवा ताल केही वर्ष पहिले ताल पुनर्निर्माण गरेपछि डुङ्गा सञ्चालनका लागि ठेक्कामा दिएको थियो । तालमा मगर गोही देखिन थालेपछि डुङ्गा सञ्चालन बन्द गरिएको छ ।

ओजुवा तालमा रिसोर्ट सञ्चालन तथा डुङ्गा सञ्चालनको जिम्मेवारी पाएका पर्यटन व्यवसायी डबल शाहले ओजुवा तालमा गोही देखिएपछि डुङ्गा चलाउन बन्द गरिएको बताउनुभयो । उहाँले दुई वटा गोही निकाली ठुलो तालमा पठाए पनि मानिसको डर नहटेपछि ताल नै सुकाउनु परेको बताए ।

गर्मी मौसममा मगर गोहीले अन्डा पार्ने र बच्चा कोरल्न सुरक्षित बालुवा भएको ठाउँ खोज्ने भएकाले सो स्थानको खोजीमा गोही खेतबारी तथा नदीमा समेत पुग्ने गर्दछन् । संरक्षणकर्मी रामकुमार चौधरीले घोडाघोडी तालका मगर गोही केही तालमा व्यवस्था गरिएको प्रजनन केन्द्रमा अन्डा पार्ने भए पनि कतिपय नजिकका डोडा, कौवा नदीमा समेत अन्डा पार्न जान सक्ने बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार