पोखरीमा नुहाउने क्रममा डुबेर महिलाको मृत्यु

रौतहट : रौतहटको राजदेवी नगरपालिका-८ लक्ष्मीपुरमा रहेको पोखरीमा नुहाउने क्रममा डुबेर सोमबार ४५ वर्षीया गिरीजा देवीको मृत्यु भएको छ ।

जितिया पर्व सुरु गर्नुअघि पोखरी, जलाशय, नदीमा महिला व्रतालुहरुको नुहाउने चलन अनुसार गाँउमा रहेको पोखरीमा नुहाउन गएकी प्रमोद साह कानुको श्रीमती गिरीजा देवीको आज विहान ११ बजेको समयमा डुबेर मृत्यु भएको हो ।

Seti Hospital

पोखरीमा महिला डुबेको खबर पाउना साथ सशस्त्र प्रहरीको विओपी बेलविछवा र प्रहरी चौकी वेलविछवाबाट खटिएका सुरक्षाकर्मीहरुको टोलीले महिलाको उद्धार गरेको थियो । गम्भीर अवस्थामा रहेकी उनलाई उपचारको लागी प्रादेशिक अस्पताल गौर ल्याउने क्रममै मृत्यु भएको सशस्त्र प्रहरी बल नेपाल नम्वर ११ गण रौतहटका एसपी विक्रम हुमागाईले बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार