धनगढीमा चौलानी क्लबको आयोजनामा प्रथम अन्तर विद्यालय स्तरीय पौडी प्रतियोगिता सम्पन्न

स्मृति के.सी

धनगढी : एल.एन . चोक १ मा स्थित चौलानी क्लबको आयोजनामा प्रथम अन्तर विद्यालय पौडी प्रतियोगिता आयोजना गरिएको हो। हिजो आइतबारका दिन यस प्रतियोगिताको समापन भएको हो। यस प्रतिस्पर्धामा धनगढी भित्रका १२ विद्यालय र उक्त विद्यालयहरूका ९० जना प्रतिस्पर्धीले भाग लिएका थिए।

यस प्रतियोगितालाई समूहगत रूपमा खेलाइएको हो जसमा विद्यार्थीहरूलाई चार समूहमा विभाजन गरिएको थियो। १० वर्ष मुनिको एक समूह , ११ देखि १३ को अर्को समूह , १४ देखि १६ को एक समूह र १७ देखि १९ को अर्को समूह मा खेलाइएको हो। यस प्रतियोगिताको आयोजना गर्नुको मुख्य उद्देश्य विद्यार्थीहरूको मनोबल बढाउन तथा पौडी खेलमा इच्छुक र रुचि राख्ने बालबालिकाहरू जिल्लास्तरीय, अन्तर्राष्ट्रिय खेलमा सहभागी गराउन , आत्मबल बढाउन तथा प्रोत्साहन दिने उद्देश्यले सुदूरपश्चिममा पहिलोपटक चौलानी क्लबले आयोजना गरेको क्लब चौलानीका प्रबन्धक निर्देशक तथा अध्यक्ष मानसिंह साउँदले बताए ।

dashain shuvakamana
Discovery School

यस प्रतियोगितामा प्रथम स्थान हासिल सफल नन्दिनाज एकेडेमी भएको थियो त्यसैगरी दोस्रो स्थान हासिल गर्न सफल बाल्मिकी इन्टरनेसनल स्कुल र तेस्रो स्थान हासिल गर्न सफल एक्सिस विद्याश्रम भएका हुन् । प्रतियोगितामा प्रथम स्थान हासिल गरेको नन्दिनाज एकेडेमीले ९ स्वर्ण ,५ रजत र ९ काश्य पदक जितेका हुन् । यस्तै दोस्रो स्थान हासिल गरेको बाल्मिकीले ९ स्वर्ण ,३ रजत र ३ काश्य पदक जितेको छ भने तेस्रो स्थान हासिल गरेको एक्सिस विद्या आश्रमले १ स्वर्ण ,५ रजत र ३ काश्य पदक जितेको हो।

यस प्रतियोगितामा ग्ली एकेडेमी स्कुलले ३ पदक , पञ्चुदयका विधार्थीहरुले ४ पदक , सिसियसका विधार्थीहरुले २ पदक , , ग्यालेक्सी ,त्रिनगर र कैलाली मोडलका विधार्थीहरुले १/१ वटा पदक जितेका छन् । यस प्रतियोगितामा प्रथम हुनेले विद्यालयले नगद ५ हजार ५ सय , द्वितीय स्थान हासिल गर्नेले विद्यालयले ३ हजार ५०० , र तिथि स्थान हासिल गर्ने विद्यालयले २५ ०० । यस्तै विद्यार्थीहरूलाई प्रमाणपत्र र ट्रफी सहित सम्मानित गरिएको हो । यस प्रतियोगितामा विजेता हुने टोलीमध्ये प्रथम हुने टोलीलाई १२ हजार, दोस्रो हुने टोलीलाई ८००० र तेस्रो हुने टोलीलाई ६००० बराबरको पौडी पोखरीको टिकट पनि पुरस्कारका रूपमा निःशुल्क प्रदान गरिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार