धनगढीमा खाद्यले ५८ रुपैयाँमा चामल बिक्री गर्दै

धनगढी : कैलालीको धनगढीमा सहुलियत मूल्य पसल सञ्चालन गरिएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी, सुदूरपश्चिमले धनगढीको मेनरोडको बिक्री केन्द्र र मोहनपुर गेटको गोदाम रहेको क्षेत्रबाट सहुलियतमा चामल बिक्री थालेको हो।

खाद्यले दशैँ, तिहार र छठको उपलक्षमा सहुलियत मूल्य पसलहरू सञ्चालन गरेको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, सुदूरपश्चिम प्रादेशिक कार्यालयले दुई स्थानमा सहुलियत मूल्य पसल सञ्चालन गरेको हो। कम्पनीले २०८१ असोज ७ गतेदेखि माघ २ गतेसम्म सहुलियत मूल्य पसल सञ्चालन गर्ने भएको छ। कम्पनीले अरुवा मोटा चामलको मूल्य प्रति किलोग्राममा पाँच रुपैयाँ छुट गरेर ५८ रुपैयाँ निर्धारण गरेको छ। २५ किलोग्राम अरुवा मोटा चामलको एक हजार चार सय ५० रुपैयाँ मूल्य निर्धारण गरिएको हो।

SHIKHAR COOL TECH

खाद्यले जिरा मसिनो चामलको प्रति किलोग्राम ८९ मूल्य निर्धारण गरेको छ। २५ किलोग्राम जिरा मसिनो चामलको मूल्य दुई हजार दुई सय २५ रुपैयाँ निर्धारण गरिएको छ। सोना मन्सुली चामलको मूल्य ६० रुपैयाँ निर्धारण गरिएको छ। सोना मनसुनी चामलको २५ किलोग्रामको मूल्य एक हजार पाँच सय निर्धारण गरिएको हो। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चामलमा पाँच रुपैयाँ सहुलियत गरेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार