बाजुरामा चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन

बाजुरा : बाजुरामा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आइतबारदेखि सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । खाद्य व्यापार कम्पनी शाखा कार्यालय मार्तडी र कोल्टीले दसैँ तिहार लक्षित सहुलियत पसल सञ्चालनमा ल्याएको हो ।

जिल्लाका खाद्य संस्थानका कार्यालयमा चामल मात्रै विक्री वितरण हुने हुँदा सुपथ मूल्य पसलमा चामलमा प्रतिकिलो ५ रुपैयाँ छुट दिएर विक्री गर्न लागिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी शाखा कार्यालय मार्तडीका प्रमुख उमेश भण्डारीले बताए ।

dashain shuvakamana
Discovery School

जिल्लाभरी सरकारले चार हजार क्वीन्टल विक्री गर्न अनुमति दिएकाले कोल्टीमा एक हजार र मार्तडीमा तीन हजार क्वीन्टल खाद्य सहुलियत दरमा विक्री हुने उनले बताए ।

उनका अनुसार जिल्लामा दसैँ तिहारमा खाद्यान्न अभाव हुनेछैन । मार्तडीमा चार हजार क्वीन्टल र कोल्टीमा दुई हजार तीन सय क्वीन्टल चालम मौज्दात छ । असोज ६ गतेबाट सञ्चालन भएको सहुलियत खाद्य विक्री चार महिनासम्म अर्थात् माघ २ गतेसम्म सञ्चालन हुनेछ ।

सरकारले असोज ३ गतेदेखि देशभर चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको थियो । सुदूरपश्चिममा भने केही ढिला गरी सञ्चालन गरिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार