काठमाडौं : सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ ।
लगातार उकालो लागेको सुनको मूल्य सोमबार प्रतितोला चार सय रुपैयाँले बढेर नयाँ कीर्तिमान कायम गरेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सोमबार सुन प्रतितोला एक लाख ५९ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुनको मूल्य प्रतितोला एक लाख ५८ हजार आठ सय रुपैयाँ थियो ।
यस्तै, चाँदीको मूल्य भने स्थिर छ । सोमबार चाँदी प्रतितोला एक हजार नौ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्