रामेछाप दुर्घटना अपडेट : वडा सदस्यको मृत्यु


काठमाडौं :
रामेछापमा डबल क्यापको बोलेरो दुर्घटना हुँदा एक जना महिला वडा सदस्यको ज्यान गएको छ ।

सदरमुकाम मन्थलीबाट मन्थली नगरपालिका –४ सालु जाँदै गरेको बा १८ च १८३९ नम्बरको बोलेरो मन्थली नगरपालिका –५ सुनारपानीस्थित भदौरे डाँडा मोडमा आइतबार दिउँसो दुर्घटना हुँदा मन्थली नगरपालिका –४ सालुकी वडा सदस्य अन्दाजी ६० वर्षीया पदममाया नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

Seti Hospital

मृतक वडा सदस्य नेपाली २०७९ मा भएको स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसबाट वडा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

दुर्घटनामा परी मन्थली नगरपालिका –४ सालुकी ३४ वर्षीय सीता नेपाली, २५ वर्षीय सुजिता रसाइली, ६९ वर्षीय दिलीपकुमार बरुवाल, ४२ वर्षकी गुणमाया थापामगर, २५ वर्षीया सरिता नेपाली र ५ महिनाको बालिका रोनिसा नेपाली घाइते भएका छन् ।

घाइतेहरूको सदरमुकाम मन्थलीस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ । मृतक वडा सदस्य नेपालीको शव मन्थली अस्पतालमा राखिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार