संसदीय समितिका सभापतिको निर्वाचन असोज ११ गते

काठमाडौं : सुदूरपश्चिम प्रदेश सभा अन्तर्गतका विषयगत समितिको निर्वाचन असोज ११ गते हुने भएको छ । आज बसेको प्रदेश सभा बैठकले असोज ११ गते दिनको १ बजे संसदीय समितिको निर्वाचन तोकेको हो ।

सार्वजनिक लेखा समिति, विधायन तथा प्रदेश मामिला समिति, सामाजिक विकास समिति र प्राकृतिक स्रोत समितिका सभापतिहरुको निर्वाचन हुने सभामुख भीमबहादुर भण्डारीले जानकारी दिए ।

dashain shuvakamana
Discovery School

उनले निर्वाचन कार्यतालिका प्रकाशन गर्न प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीलाई निर्देशन दिएका छन् । समितिका सभापतिहरुको निर्वाचन अहिलेसम्म हुन सकेको थिएन ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार