सुरक्षित र व्यवस्थित सहर बनाउने काम भइरहेको छ : उपप्रधानमन्त्री सिंह


काठमाडौं : उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले सुरक्षित र व्यवस्थित शहर बनाउन शहरी विकास मन्त्रालयले काम गरिरहेको बताएका छन्।

मंगलबार काठमाडौं क्षेत्र नं १ मा आयोजित कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री सिंहले मन्त्रालयले शहरी विकास र पूर्वाधार निर्माणको काम शहर र ग्रामिण क्षेत्र दुवैलाई प्राथमिकतामा राखेर काम गर्ने बताएका हुन्।

dashain shuvakamana
Discovery School

उपत्यकाका बागमती,विष्णुमतिलगायतका नदीमा सुधार ल्याउन र ढल व्यवस्थापनमा मन्त्रालयले प्रयास गरिरहेको भन्दै परिणाम देखिन केही समय लाग्ने उनको भनाइ छ।

उनले भने जसरी चलिरहेको छ त्यसैगरी चलाउँ भनेर हुँदैन । सुधारका लागि काम गर्न प्रयास गरिरहेको छु । त्यसमा केही समय लाग्छ उनले भने।

संविधानले दिएको अधिकारलाई आवश्यक कानुन बनाएर कार्यान्वयन गर्दै सबै जनताले परिवर्तनको महशुस गराउन सक्नुपर्ने बताउँदै मन्त्री सिंहले अहिलेको सरकारलाई काम नगर्ने छुट नभएको बताए। उनले सरकारले जनतामा आशा जगाउने गरि काम गर्ने बताए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार