सेयर बजार कारोबार घट्यो !


काठमाडौं : साताको पहिलो कारोबार दिन नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ। पछिल्ला तीन कारोबार दिनदेखि निरन्तर ओरालो लागेको नेप्से, यस दिन भने सामान्य बढेर बन्द भएको छ।

आइतबार नेप्से परिसूचक ११.५८ अंक बढेर २५८८.३५ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ३.५० अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.९२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८५ अंक बढेको छ।

नेप्से बढेपनि यस दिन भोल्यूम भने कमजोर रहेको छ। अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार ५ अर्ब ६६ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२५ स्टकको ७२ हजार ९५७ पटकको कारोबारमा ५ अर्ब ९ करोड २९ लाख रुपैयाँ बराबरको १ करोड २४ लाख ८५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन ३ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन इष्टर्न हाइड्रोपावर, आत्मनिर्भर लघुवित्त वित्तीय संस्था र अप्पर साङ्गे हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

त्यस्तै, यस दिन सयपत्री हाइड्रोपावरको शेयरमूल्य ७ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको रावा इनर्जी डेभलपमेन्टको शेयरमूल्य सर्वाधिक ८.६५ प्रतिशत घटेको छ।

त्यस्तै, यस दिन स्वरोजगार लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब साढे ७ प्रतिशत घटेको छ भने एनआईसी एशिया ब्यालेन्स्ड फण्डको इकाईमूल्य साढे ६ प्रतिशत घटेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार