सर्पको टोकाइबाट एक जना महिलाको मृत्यु

प्युठान : सर्पको टोकाइबाट एक जना महिलाको ज्यान गएको छ । नौबहिनी गाउँपालिका –५ डामृ निवासी ४६ वर्षीया जलसरा के.सी.को सर्पको टोकाइबाट ज्यान गएको हो ।

मल्लरानी गाउँपालिका –३ चुँजाठाटीमा बस्दै आउनुभएकी के.सी.लाई शौचालयमा सर्पले टोकेको स्थानीय श्याम थापाले बताउनुभयो । “शौचालयमा मुसाको गुँड हटाउनेक्रममा टोकेको रहेछ” उहाँले भन्नुभयो, “मुसाले टोकेको होला भनेर ख्याल गर्नु भएनछ, पछि शरीर झम्म पार्न थालेपछि मात्र उपचारका लागि पठाइएको थियो ।”

Seti Hospital

स्वर्गद्वारी नगरपालिका –९ लामाचौरस्थित शर्पदंश उपचार केन्द्रमा उपचारका लागि पुगाए लगत्तै के.सी.को मृत्यु भएको थियो । शर्पदंश उपचार केन्द्रका प्रमुख हेमराज पौडेलले विरामी अचेत अवस्थामा रहेको र उपचार गरे पनि सुधार नभएको बताउनुभयो । 

“हामीले रिसिभ गर्दा अचेत अवस्थामा हुनुहुन्थ्यो” उहाँले भन्नुभयो, “उपचारका क्रममा सुधार आएन, शवलाई जिल्ला अस्पताल पठायौं ।” नौबहिनी स्थायी घर भएपनि के.सी.को परिवार मल्लरानी गाउँपालिका –२ मा अस्थायी रुपमा खेती किसानी गरेर बस्दै आएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार